यामाहा स्कुटरको प्रतिलिटर माइलेज ८२ किलोमिटर !

समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • यामाहा रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरको माइलेज च्यालेन्ज र्‌यालीमा ८२.०६ किलोमिटर प्रति लिटर माइलेज ल्याउँदै बिनिसा राजभण्डारीले उपाधि जित्नु भएको हो ।
  • माइलेज च्यालेन्जमा ७९.३३ किलोमिटर प्रति लिटर माइलेज ल्याउँदै जानकी चौधरी दोस्रो र ७४.३७ किलोमिटर प्रति लिटर माइलेज ल्याउँदै सन्तोष मल्लले तेस्रो उपाधि हात पार्नुभयो ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगन्ज : यामाहा स्कुटर माइलेज च्यालेन्ज प्रतियोगिताको उपाधि बिनिसा राजभण्डारीले जित्नु भएको छ ।
बाँकेको कारकाँदो नेपालगन्जदेखि बैजनाथ गाउँपालिकाको गाभर भ्यालीसम्म शनिबार आयोजना गरिएको यामाहा रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरको माइलेज च्यालेन्ज र्‌यालीमा ८२.०६ किलोमिटर प्रति लिटर माइलेज ल्याउँदै राजभण्डारीले उपाधि जित्नु भएको हो ।
माइलेज च्यालेन्जमा ७९.३३ किलोमिटर प्रति लिटर माइलेज ल्याउँदै जानकी चौधरी दोस्रो र ७४.३७ किलोमिटर प्रति लिटर माइलेज ल्याउँदै सन्तोष मल्लले तेस्रो उपाधि हात पार्नुभयो ।

रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरका २४ जना चालकसहित कम्पनीका प्रोडक्ट म्यानेजर, सेल्स म्यानेजरलगायत ४० जनाको उपस्थिति रहेको कम्पनीका प्रोडक्ट म्यानेजर समीक्षा घिमिरेले जानकारी दिनुभयो ।
ग्राहक र कम्पनीको सम्बन्धलाई घनिष्ट बनाउनुका साथै प्रत्यक्ष ग्राहकबर्गमा भिजेर उनीहरूले स्कुटरमा भोग्दै आएको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिनुका साथै यामाहा रेजेडआर हाइब्रिड १२५ सी.सी.लाई नेपालको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माइलेज दिने स्कुटरका रूपमा गरिँदै आएको दाबीलाई सत्य साबित गर्न पनि कार्यक्रमको आयोजना गरिएको प्रोडक्ट म्यानेजर घिमिरेले बताउनु भयो ।

घैँटो र म्युजिकल चियरमा चन्द्रा र मनिता
यसैबीच माइलेज च्यालेन्जमा सहभागी ग्राहकहरुलाई विभिन्न मनोरञ्जनात्मक घैँटो फोड्ने र म्युजिकल चियर खेलहरु खेलाउँदै रेजेडआर हाइब्रिड १२५ सी.सी.का बारेमा जानकारी समेत गराइएको थियो । घैँटो फोड्ने खेलमा मनिता चौधरी र चन्द्रासिंहले एकरएक घैँटो फोड्न सफल हुनु भयो भने म्युजिकल चियरमा चन्द्रासिंहले जित हासिल गर्नुभयो ।

कसरी बढाउने माइलेज
८२.०६ किलोमिटर प्रतिलिटर माइलेज ल्याउँदै विजेता बन्नु भएकी बिनिसा राजभण्डारीले समयमै सवारी साधन सर्भिसिङ गर्नुका साथै सवारी साधनको स्पीडमा एकरूपता ल्याउन सके माइलेज बढाउन सकिने बताउनु भयो। सवारी साधन चलाउँदा स्पीड, सवारी साधनमा हुने वेट र भीडभाडमा सवारी साधन रोक्नका लागि प्रयोग गरिने ब्रेक र एयर फिल्टर फोहर हुनाले पनि माइलेज थपघट हुने उहाँले अनुभव सुनाउनु भयो ।