मिस नेपाल २०२६ को अडिसन नेपालगन्जबाट सुरु
नेपालगन्ज : मिस नेपाल २०२६ को अडिसन नेपालगञ्जबाट सुरु भएको छ । आयोजक द हिडन ट्रेजरले सोमबार बिहानदेखि नेपालगन्जको चार तारे होटल सिद्धार्थ भ्युमा अडिसन सुरु गरेको हो ।
अडिसनका लागि २०२५ का मिस नेपाल लुना लुइटेल, मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी, मिस नेपाल कोज्मो दीपसिखा नेपाल नेपालगन्ज आएका हुन् । प्रतियोगितामा सहभागी हुन न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्ष हुनुपर्ने मापदण्ड तोकिएको छ। मिस नेपाल २०२६ को ग्रान्ड फिनाले आगामी साउन १६ गते काठमाडौंको द प्लाजामा आयोजना हुने भएको छ।








