त्रिभुवन चोक, महेन्द्र पार्क र बाँकेगाउँ क्लबको विजयी सुरुवात

नेपालगन्ज : प्रथम मेयर कप महिला तथा पुरुष छक् हक्की प्रतियोगितामा त्रिभुवन चोक क्लब, महेन्द्र पार्क क्लब र बाँके गाउँ क्लबको विजयी सुरुवात गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा पूर्वखेलाडी समाज बाँकेले बिहीबारदेखि आयोजना गरेको हक्की प्रतियोगितामा ३ वटा खेल सम्पन्न भएका हुन् ।
महिलातर्फ भएको पहिलो खेलमा त्रिभुवन चोक क्लब बिजयी भएको छ। त्रिभुवन चोक क्लबले बाँके गाउँ क्लबलाई शून्यको बिरुद्ध ३ गोलले पराजित गर्न सफल भयो। त्यसैगरी महिलातर्फकै दोस्रो खेलमा महेन्द्र पार्क क्लबले बाबूगाउँ क्लबलाई शून्यको विरुद्ध ३ गोलले नै पराजित गर्‍यो।

त्यसैगरी पुरुषतर्फ बाँके गाउँ क्लबले त्रिभुवन चोक क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्न सफल भयो। शुक्रबार बिहान ५ वटा खेलहरु हुनेछन् । बेलुका ५ बजे फाइनल खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको छ। खेलहरू लिग कम नक–आउट प्रणालीमा सञ्चालन भइरहेको छ।

यस अघि प्रतियोगिताको उद्घाटन नेपालका पूर्वअन्तर्राष्ट्रिय भलिबल रेफ्री अजीतकुमार शर्माले गर्नु भएको थियो । उद्घाटन समारोह समाज बाँकेका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रमको सञ्चालन पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले गर्नुभएको थियो।