कैलालीकोे खक्रौला नाकामा फर्फरायो नेपालको झन्डा

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरस्थित नेपाल-भारत सीमा नाका खक्रौलामा नेपालको राष्ट्रिय झण्डा लगाइएको छ ।
टीकापुर-७ निवासी कृतबहादुर ठकुल्लाको आर्थिक सहयोगमा सरसफाइसहित झण्डा लगाइएको हो । नेपाल भारत सिमानामा निर्माणाधीन मानसरोवर कैलाश प्रवेशद्वारमा नेपालको राष्ट्रिय झण्डा लगाइएको हो । सोही अवसरमा सत्ती भन्सार कार्यालयको गेटदेखि मोहना पुलसम्म सरसफाइ गरिएको थियो ।


कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नागार्जीले युवा ब्यवसायी कृत ठकुल्लालाई धन्यबाद दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले गर्ने काम युवा व्यवशायी तथा समाजसेवी कृत ठकुल्लाले गरेकोमा हृदयदेखि धन्यबाद दिन्छु ।’
कार्यक्रममा सत्ती भन्सार कार्यालयका प्रमुख चक्र सोनीले यस कार्यले नेपाल भारत सिमाना छुट्याउन सजिलो हुने र पर्यटकलाई पनि नेपाल प्रवेश गरेको आभास हुने बताउनु भयो । त्यस्तै कार्यक्रममा शसस्त्र प्रहरी गुल्मका डीएसपी देवराज बिष्टले स्थानीय युवाले सिमानामा रहेको मानसरोवर कैलाश प्रबेशद्वारमा नेपालको राष्ट्रिय झण्डा फहराएपछि आफूहरुलाई सीमा सुरक्षामा खटिने प्रहरीलाई हौसला मिलेको बताृउनु भयो । यस कार्यले सीमाको रक्षाका लागि स्थानीय पनि सचेत रहेको आभास भएको उहाँको दाबी थियो । युवा समाजसेवी कृत ठकुल्लाले हरेक सीमा नाकाहरुमा नेपालको झण्डा लगाएको तर आफ्नो नजिकै रहेको सीमा नाका खक्रौलामा कहिँ कतैबाट पनि झन्डा लगाएको र यस क्षेत्रमा पनि नेपालको झण्डा लगाएमा नेपालको सान बढ्ने र भारतबाट आउन पर्यटकलाई नेपालमा प्रवेश गरेको अनुभुनि हुने भन्दै नेपालको राष्ट्रिय झण्डा लगाएको बताउनु भयो। उहाँले केही दिन अघि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको प्रवेशद्वारका रुपमा मानिने सत्तीस्थित कर्णाली पुलमा पनि ३० वटा नेपालको राष्ट्रिय झण्डा लगाउनु भएको थियो ।