सम्पादक खनाललाई सम्मान

नरैनापुर : मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाललाई सम्मान गरिएको छ ।
बाँके नरैनापुर गाउँपालिका–४ नरैनापुरको अरबिया गुल्सने वारिस मदरसाका प्रधानाध्यापक अब्दुल रहमान खाँ र मदरसा व्यवस्थापन समिति अध्यक्ष सबुर खाँले मंगलबार खनाललाई सम्मान गरेका हुन् । खनाल अन्नपूर्ण पोस्ट् दैनिकका उपसम्पादक पनि हुनुहुन्छ ।
खनालले ३ असारको मेरोखुसी डटकम र अन्नपूर्ण पोस्ट् दैनिकमा तातो तावा जस्तो सडक, खाली खुट्टामैै विद्यार्थी शीर्षकको समाचार प्रकाशित गरेपछि थापाथली काठमाडौंको भी.जी.फाउण्डेशनले बाल विकास शिक्षाका २५ जना विद्यार्थीका लागि जुत्ता सेट, झोला र स्टेशनरी अनि नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ बाँकले २५० थान चप्पल वितरण गरेका थिए । विद्यार्थीको समस्या सम्बन्धी समाचार लेखेर दातालाई सहयोग गर्न उत्प्रेरित गरेको भन्दै खनाललाई सम्मान गरिएको हो । सोही अवसरमा मदरसाले भी.जी. फाउण्डेसन र नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघलाई पनि सम्मान गरेको थियो ।