लायन्स क्लब अफ नेपालगन्ज युनिटीको अध्यक्षमा अन्जु
नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज युनिटीको अध्यक्षमा अन्जु खड्का निर्वाचित हुनु भएको छ ।
क्लबको मंगलबार नेपालगन्जमा सम्पन्न ५औं स्थापना दिवसको अवसरमा खड्का अध्यक्षमा निर्वाचित भइ पदभार सम्हाल्नु भएको हो । निवर्तमान अध्यक्ष सिमिता राणाले खड्काले पद हस्तान्तरण गर्नु भएको हो । क्लबको प्रथम उपाध्यक्ष नर्मला केसी, द्वीतिय उपाध्यक्ष क्रान्ति शर्मा, सचिव डा. विनोद कर्ण र कोषाध्यक्षमा सरिता शाह निर्वाचित हुनु भयो ।
नवनिर्वाचित अध्यक्ष खड्का र पदाधिकारीलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठ, पूर्वगर्भनरहरु शेम शाक्य, मधुसुधन शर्मा रिजाल र मुकुट ढकाल, डिष्ट्रिकका सेकेण्ड भाइस गभर्नर चिन्तामणि धिताल, सिनियर लायन्स लिडरहरु उमा थापा मगर, सरिता श्रेष्ठ, क्लबका चाटर्ड अध्यक्ष तथा डिष्ट्रिक एरिया नं. ४ का एरिया चिफ विन्दु चर्ती मगर, सानु ओझालगायतले बधाइ तथा शुभकामना दिनु भएको थियो ।
भव्य चाटर्ड नाइट र सम्मान
क्लबका अध्यक्ष सिमिता राणाले स्थापना दिवसको अवसरमा कार्यकाल सफल बनाउन सघाउने क्लबका सदस्य तथा संस्थापकहरुलाई सम्मान गर्नु भएको थियो । सो अवसरमा सिनियर लायन्स लिडर तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
क्लबले डिष्ट्रिकले सुरु गरेको धरम भकारी कोषका लागि अध्यक्ष राणाले २१ हजार रुपैयाँको चेक डिष्ट्रिक कोषाध्यक्ष भीम सुवेदीलाई उपलब्ध गराउनु भएको थियो ।









