क्लब पदाधिकारी स्कुलिङ भव्य रुपमा सम्पन्न
नेपालगन्ज : लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपाल एरिया नं. ४ ले क्लब पदाधिकारीलाई तालिम दिएको छ । एरियाले शनिबार नेपालगन्जमा लायन्स क्लबका नवनिर्वाचित प्रथम र द्वितीय उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई भीएसटी स्कुलिङ कार्यक्रम आयोजना गरेको हो ।
तालिममा पीडिजी मुकुट ढकालले पदाधिकारीकारीको काम, कर्तव्य र अधिकार सम्बन्धी, सेकेण्ड डिष्ट्रिक भाइस गभर्नर चिन्तामणि धितालले लायन वर्ष २०२६ २०२७ मा गभर्नर थिम, क्लब र डिष्ट्रिकको सम्बन्ध, समन्वय र सहकार्य बारे सहजीकरण गर्नु भएको थियो ।
डिष्ट्रिक सिनियर एक्जुकेटिभ चिफ उमा थापा मगरले क्लबले गर्ने काम, ड्युज, डोनेसन लगायतका विषय, डिष्ट्रिक एक्जुकेटिभ चिफ राजेन्द्रप्रसाद रिजालले लायन्स पोर्टल र एरिया नं. ४ का सचिव शंकरप्रसाद खनालले लायन्स र प्रभावकारी सञ्चारका विषयमा सहजीकरण गर्नु भएको थियो ।
एरिया चिफ विन्दु चर्ती मगरको अध्यक्षता, डिष्ट्रिक सिनियर एक्जुकेटिभ चिफ कृष्णप्रसाद श्रेष्ठले तालिमको उद्देश्य प्रकाश, एरिया कोषाध्यक्ष सरस्वती घर्ती मगरले झण्डाको अभिावदन गरेर सुरु भएको उद्घाटन शत्र लायन्स इन्टरनेशनल मल्टिपल को-अर्डिनेटर मधुसूधन शर्मा रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा डिष्ट्रिकका इमिडिएट पास्ट डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र श्रेष्ठले कार्यक्रम सफलताको कामना गर्नु भएको थियो ।
तालिममा बाँके र बर्दियामा रहेका २५ बढी लायन्स क्लबका ५० बढी पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
शनिबार नै एरिया नंं. १ काठमाडौं क्षेत्र, एरिया नं. २ साबिक राप्ती अञ्चल (दाङ, प्युठान, रोल्पा, रुकुम), एरिया नं. ३ सुर्खेत, दैलेख जाजरकोट, एरिया नं. ५ कैलाली र कञ्चनपुर क्षेत्रमा पनि भीएसटी स्कुलिङ एक साथ सम्पन्न गरिएको थियो ।
डिष्ट्रिकका नवनिर्वाचित गभर्नर टीकाराम चपाई लायन्स इन्टरनेशनलको हङकङमा आयोजन अन्तर्राष्ट्रिय कन्भेन्सनमा सहभागी हुन जानु भएको छ । उहाँ त्यहाँबाट फर्के लगत्तै आगामी २६ असारमा नेपालगन्जस्थित डिष्ट्रिकको सचिवालयमा पदभार ग्रहण गर्ने र आगामी २ साउनमा बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा डिष्ट्रिक गभर्नर प्रेसिडेन्ट मिट कार्यक्रम आयोजना गर्ने तय भएको छ ।








