बाँकेका पत्रकारलाई समुदाय संवेदनशील पत्रकारिताबारे अभिमुखीकरण

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले बाँकेका पत्रकारका लागि समुदाय संवेदनशील पत्रकारिताबारे अभिमुखीकरण गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा समुदायका लागि सञ्चार अभियान, नेपाल नेपालगन्जको समन्वयमा समुदायप्रति संवेदनशील, जिम्मेवार र प्रभावकारी रिपोर्टिङका लागि पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको हो । तालिमको आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिरले शनिबार उद्घाटन गर्नुभयो ।

मन्त्रालयका वरिष्ठ उपसचिव सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले तालिम सफलताको कामना गर्नु भएको थियो ।

तालिममा वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, शंकरप्रसाद खनाल, अधिवक्ता वसन्त गौतम र सावित्री गिरीले सहजीकरण गर्नु भएको थियो ।