साहित्यकार रेग्मी र कुमाललाई नागरिक अभिनन्दन

बाँकेका दुई जना साहित्यकारलाई नेपालगन्जमा नागरिक अभिनन्दन गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समिति, महेन्द्र पुस्तकालय, भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समितिले आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मोत्सवको शुभ अवसरमा संयुक्त रुपमा कार्यक्रम आयोजना गर्दै कथाकार सनत रेग्मी र अवधि साहित्यकार विष्णुलाल कुमाललाई त्रिभुवन चोकस्थित महेन्द्र पुस्तकालयबाट रथमा चढाएर नगर परिक्रमा गरिएको थियो ।
पुमुअ मलुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भन्डारीलाल अहिर, लुम्बिनी प्रदेशसभा सदस्यद्वय मीना श्रेष्ठ,लुम्बिनीका अम्बिका काफ्ले भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेत, महेन्द्र पुस्तकालका अध्यक्ष बलराम यादव लगायतले दोसल्ला, र माला लगाएर सम्मान गर्नु भएको थियो ।
नागरिक अभिनन्दनका बेला नेपालगन्ज न्युरोडस्थित भानुभक्त चौकमा रहेको आदि कवि भानुभक्तको शालिकमा माल्यार्पण गरिएको थियो ।