७९ प्रतिशत मत ल्याएर ओली अध्यक्षमा निर्वाचित

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षमा चिरञ्जीवी ओली झन्डै ७९ प्रतिशत मत ल्याएर निर्वाचित हुनु भएको छ ।
निर्वाचन आयोगका प्रमख तीर्थराज ज्ञवालीका अनुसार संघको शनिबार सम्पन्न निर्वाचनमा ओलीले १ हजार ३९२ ल्याएर विजय हुनु भएको हो ।
उहाँका निकटतम् प्रतिद्वय ध्रव दाहालले ३७६ मत ल्याउनु भयो । उहाँहरुबीच एक हजार १६ मतको अन्तर थियो । ओली संघको सदस्य, महासचिव, बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित हुनु भएको अनुभवी उद्योगी व्यवसायीको नेता हो ।
निर्वाचनमा उपमहासचिवमा प्रदीप आचार्य र सदस्य सुरजबहादुर भण्डारी बाहेक अरु सबै पदाधिकारी र सदस्य ओलीको संयुक्त प्यानलबाट निर्वाचित हुनुु भएको छ ।
संयुक्त प्यानलबाट अध्यक्षमा ओली, महासचिवमा विष्णु श्रेष्ठ र कोषाध्यक्षमा टीकामणि उपाध्याय निर्वाचित हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दाराम जैसी, जहाँगीर मुुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, ई.नगेन्द्र शाही र शरदप्रसाद रिजाल सदस्य पदमा निर्वाचित हुनु भएको छ ।








