प्रेस युनियन बाँकेको अध्यक्षमा खत्री

नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेकोे अध्यक्षमा कमल खत्री निर्वाचित हुनु भएको छ । खत्री यसअघि जिल्ला उपाध्यक्ष पदमा कार्यरत हुनुहुन्थ्यो । युनियनको शनिबार नेपालगन्जमा सम्पन्न १३औँ जिल्ला अधिवेशनले खत्रीको नेतृत्वमा सर्वसम्मत् रुपमा जिल्ला कार्य समिति निर्वाचित गरेको हो।
खुला उपाध्यक्ष खड्क खत्री, महिला उपाध्यक्ष निशा शाह, समावेशी उपाध्यक्ष अरसत शेष राई, सचिव भीष्मप्रसाद लोध, समावेशी सहसचिव अभिषेक गुप्ता, महिला सहसचिव सावित्री परियार र कोषाध्यक्षमा सिद्धार्थ पाण्डे निर्वाचित हुनु भएको छ । कार्यसमितिको सदस्यमा प्रेम सिंह एसके, कुलेन्द विश्वकर्मा, अमित गुप्ता, लीला चौधरी, निर्मल गोसाई, विनोदकुमार वर्मा र सौरभ राणा निर्वाचित हुनु भएको छ ।