पश्चिम नेपालमा पर्यटन प्रबर्द्धन गर्दै नाट्टा बाँके (घोषणा पत्रसहित)
नेपालगन्ज : सफारी गाडी नै खरिद गरेर बाँके राष्ट्रिय निकुञ्जको प्रबर्द्धन गरिरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले पश्चिम नेपालमा पर्यटन प्रबर्द्धनको काम गर्ने भएको छ ।
सातौँ स्थापना दिवसका अवसरमा सात बुँदे घोषणापत्र जारी गर्दै नाट्टाले बाँके-बर्दिया लगायत पश्चिम नेपालका धार्मिक, प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा साहसिक पर्यटनका सम्भावनाको पहिचान गरी तिनको संरक्षण र व्यवस्थित प्रबर्द्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाएको छ ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मी अब पर्यटन प्रबर्द्धनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय धार्मिक र आध्यात्मिक सर्किट निर्माण विकास गर्दै छिमेकी भारतका पर्यटन व्यवसायीसँग सहकार्य गर्दै पर्यटन व्यवसायको बजार विस्तारको काम पनि गर्ने बताउनु हुन्छ ।
उहाँ पर्यटनलाई स्थानीय अर्थतन्त्र, रोजगारी र समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएको बताउनु हुन्छ ।
यस्तो छ : नाट्टा बाँकेको घोषणा पत्र









