नेशनल प्याव्सन बाँकेको अध्यक्षमा चन्द

नेपालगन्ज : राष्ट्रिय निजी तथा आवसीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याव्सनं) बाँकेको अध्यक्षमा चिरञ्जीवी चन्द निर्वाचित हुनु भएको छ ।
नेशनल प्याव्सनं बाँकेको आइतबार नेपालगन्जमा सम्पन्न १०औं जिल्ला अधिवेशनले चन्दको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको हो ।
कार्य समितिको वरिष्ठ उपाध्यक्ष गोविन्दबहादुर रावत, उपाध्यक्ष धनबहादुर वली, सचिव धनबहादुर शाही, सहसचिव रमेशकुमार यादव, कोषाध्यक्ष लोकराज डाँगी, सहकोषाध्यक्ष प्रशान्त रिजाल र वरिष्ठ सदस्य धनबहादुर खड्का चयन हुुनुभएको छ । त्यसैगरी सदस्यहरु रोशन बस्नेत, विजया चौधरी, निशा शर्मा, महेन्द्र कार्की, मनोज वर्मा, रामकुमारी चौधरी र डम्बर खत्री रहनु भएको छ ।