प्रहरी हिरासतमा थुनुवाको झुन्डिएको अवस्थामा शव फेला

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा एक जना थुनुवाको शव मृत अवस्थामा फेला परेको छ ।
इप्रका इन्चार्ज डीएसपी प्रकाश सापकोटाका अनुसार प्रहरी चौकी तोरैयाँपुरले आइतबार ४५ वर्षका धनबहादुर रानालाई नियन्त्रणमा लिएर टीकापुरमा बुझाइएको थियो । ती व्यक्तिको शव प्रहरी हिरासतभित्र सोमबार झुण्डिएको अवस्थामा फेला परेको डीएसपी सापकोटाले बताए । ‘शव भेटिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । जिल्लाबाट अनुसन्धान टोली आउँदैछ’, उनले प्रष्ट पारे । घटनाबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय धनगढीबाट टोली टीकापुर आउँदैछ ।