भेरी अस्पतालकी नर्सिङ अधिकृत शर्मा यस्तो आधारमा बनिन्, इन्टेग्रीटी आइकन-२०२१
नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जकी नर्सिङ अधिकृत शीला शर्मा इन्टेग्रीटी आइकन २०२१ भएकी छन् ।
अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट बुधबार नर्सिङ अधिकृत शर्मासहित ५ जना इन्टेग्रीटी आइकन सार्वजनिक गरेको हो । शर्माले कोरोनाको बेलामा नेपाल सरकारले निर्देशिका नबनाइसकेको अवस्थामा पनि विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार भेरी अस्पतालमा नमूना निर्देशिका बनाएर संक्रमितको उपचार गर्ने कार्यलाई आयोजक संस्थाले उच्च मूल्याङ्कन गर्दै इन्टेग्रीटी आइकन घोषणाको आधार बनाएको उल्लेख छ ।
नर्सिङ अधिकृत शर्मासँगै नवलपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका, कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोग काठमाडौंका उप–सचिव डा. लोकबहादुर लोप्चनलाई इन्टेग्रीटी आइकन घोषणा गरिएको हो । इन्टेग्रीटी आइकनलाई आगामी १२ कार्तिकमा भर्चुअल माध्यमबाट सम्मान समारोह आयोजना गर्ने अकाउन्टविलिटी ल्याब नेपालकी अस्मिता शर्माले जानकारी दिएकी छन् ।
यस वर्षका इन्टेग्रीटी आइकनहरूलाई देशभरीबाट प्राप्त भएका ३३५ मनोनयनबाट निर्णयक समितिले छनोट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशीराज दाहाल, पूर्र्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडीएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सूचेता प्याकुरेल निर्णायक थिए ।
‘कोरोना महामारी शुरु हुँदा नेपाल सरकारले आफ्नै निर्देशिका बनाईसकेको थिएन । शर्माले विश्व स्वास्थ्य संगठनको निर्देशिका हेर्दै नमुना निर्देशिका तयार गरेर लागू गरिन । नर्सहरूलाई तालिमको व्यवस्था गरिन्’, अकाउन्टविलिटी ल्याबले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भेरी अस्पतालमा एउटा हल मात्र कोभिडका बिरामीको लागि छुट्याइएको थियो । उनले ४ वटा हल र करिडोर पनि प्रयोगमा आउने गरी विस्तार गरेर कोभिड वार्ड बनाइन् । त्यसपछि कोभिडका बिरामी बेड नपाएर फर्केर जानु परेन । उपलब्ध अक्सिजनको समुचित उपयोग होस भनेर अफ ड्युटी नर्सहरू परिचालन गरेर अक्सिजन नपुगेको, चुहावट भएको र बढि प्रयोग भइरहेको बारेमा निगरानी गरिन् ।’
नर्सिङ अधिकृत शर्मासँगै नवलपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका, कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोग काठमाडौंका उप–सचिव डा. लोकबहादुर लोप्चनलाई इन्टेग्रीटी आइकन घोषणा गरिएको हो । इन्टेग्रीटी आइकनलाई आगामी १२ कार्तिकमा भर्चुअल माध्यमबाट सम्मान समारोह आयोजना गर्ने अकाउन्टविलिटी ल्याब नेपालकी अस्मिता शर्माले जानकारी दिएकी छन् ।
यस वर्षका इन्टेग्रीटी आइकनहरूलाई देशभरीबाट प्राप्त भएका ३३५ मनोनयनबाट निर्णयक समितिले छनोट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशीराज दाहाल, पूर्र्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडीएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सूचेता प्याकुरेल निर्णायक थिए । बाँकेले गत वर्ष पनि जनस्वास्थ्य निरीक्षक आरती चौधरीलाई इन्टेग्रीटी आइकन घोषणा गरेको थियो ।