नेपालगन्जमा नेवाः देय् दबूको विधान अधिवेशन सुरु

नेपालगन्ज : नेवार समुदायको साझा छाता संगठन नेवाः देय् दबूको विधान अधिवेशन शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको छ ।
अधिवेशनको उद्घाटन अघि नेपालगन्जको न्यूरोडबाट शुरु भएको शोभा यात्रा वीरेन्द्रचोक, घरबारीटोल, त्रिवेणीमोड, त्रिभुवनचोक हुँदै नगरमा झाँकी, लाखे नाँच, बाजागाजासहित बजार परिक्रमा गरेर डीएसपीरोडस्थित कार्यक्रमस्थलमा पुगेको थियो । विधान अधिवेशनमा देशभरबाट २५० बढी प्रतिनिधि सहभागी भएका छन् ।