नेशनल प्याब्सनद्वारा १५ जना शिक्षकलाई सम्मान
रमेशकुमार यादव । शम्शेरगन्ज
नेशनल प्याब्सन बाँकेले १५ जना सम्मान गरेको छ ।
नेशनल प्याब्सनको २४औं स्थापना दिवसको राप्ती सोनारी इकाइ समितिले मंगलबार राप्तीसोनारीको ८ शम्शेरगन्जको वन तथा वातावरण संरक्षण सभा हलमा आयोजना गरेको कार्यक्रममा लकाडाउनको बेलामा पनि शिक्षण सिकाइ गर्ने उत्कृष्ट शिक्षकलाई सम्मान गरेको हो ।
सागरदत्त गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्यामबहादुर कुवँर प्रमुख अतिथि, सचिव झलक ओली, कोषाध्यक्ष लोकराज डाँगी, सदस्य कुलबहादुर केसीलगायतले शिक्षाको सुधारका विषयमा धारणा राखेका थिए । जिल्लाको राप्तीसोनारी गाउँपालिका मात्र त्यस्तो एक स्थानीय तह हो जसमा संस्थागत विद्यालयहरु नेशनल प्याब्सनमा पूरै आबद्ध छन् । राप्तीसोनारी गाउपालिका मात्र त्यस्तो एक स्थानीय तह हो जसमा संस्थागत बिधालयहरु नेशनल प्याब्सनमा पुरै आबद्ध छ।








