जेष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सत्ती कर्णाली सामुदायिक वनले जेष्ठ नागरिकहरुलाई निःशुल्क दाउरा वितरण गरेको छ ।
वनले आफ्ना उपभोक्ताहरुका एकाघरभित्र ७५ वर्षमाथिका जेष्ठ नागरिक सदस्य भएका घरमा करिब २ क्विन्टलका दरले दाउरा वितरण गरिरहेको सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले बताए । जाडोको समयमा बुढाबुढीहरुलाई राहत होस भनेर सामुदायिक वनले दाउरा वितरण गरेको अध्यक्ष साउँदले प्रष्ट पारे । वनले आफ्नै ट्याक्टर प्रयोग गरेर जेष्ठ नागरिक सदस्यहरुका घर घरमा पुगि दाउरा वितरण गरेको छ । बुधबार मात्र ६० जेष्ठ नागरिक परिवारका घरमा दाउरा पुर्‍याएको सामुदायिक वनका कार्यालय सचिव मीनबहादुर ठकुल्लाले जानकारी दिए । सचिव ठकुल्लाका अनुसार सामुदायिक वनले १३० जना जेष्ठ नागरिक परिवारहरुलाई दाउरा वितरण गर्ने कार्यक्रम छ ।