पत्रकार महासंघ बाँकेद्वारा खोज पत्रकारिता सञ्चालन

नेपालगन्जमा सुरु भएको खोज पत्रकारिता तालिम । फोटो : आरजे अन्सारीकी फेसबुकबाट

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेले खोज पत्रकारिता तालिम सुरु गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा महासंघले शुक्रबारदेखि नेपालगन्जमा सुरु गरेको तालिमको उप–महानगरका प्रवक्ता तथा नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजालले उद्घाटन गरेका हुन् । तालिममा खोज पत्रकारिता केन्द्र नेपालका सम्पादक किरण नेपाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र नेपाल लाइभ डटकमका सम्पादक रामेश्वर बोहराले सहजीकरण गर्नेछन् । ५ दिनसम्म सञ्चालन हुने तालिममा बाँकेका २५ जना पत्रकारको सहभागिता रहेको छ ।