उम्मेदवार चयन गर्ने अधिकार पदाधिकारीलाई दिएर एमाले बाँके जिल्ला कमिटी बैठक सम्पन्न

नेपालगन्ज : नेकपा (एमाले) बाँकेले स्थानीय तहको उम्मेदवार जिल्ला पदाधिकारीबाट टुंगो लगाउने भएको छ ।
एमाले जिल्ला कमिटीको मंगलबार नेपालगन्जमा सम्पन्न तेस्रो बैठकले स्थानीय तहका उम्मेदवार चयन गर्ने अधिकार पार्टी पदाधिकारीलाई दिएको सचिव रत्न खत्रीले मेरो खुसीलाई जानकारी दिए । उनले भने, ‘जिल्ला कमिटीको बैठकले अधिकार पदाधिकारीलाई दिएको छ । हामी पदाधिकारीको बैठक डाकेर छलफल अहिले गरिरहेका छौं ।’ जिल्ला कमिटी बैठकले नेपालगन्ज उप–महानगरपालिकाका वडा नं. २, ३, ४, ८, १५, १८ र १९, को बडा अध्यक्ष भने सर्वसम्मत् रुपमा सिफारिस भएकाले पारित गरेको केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बधाइ दिएका छन् ।