समाजमा शान्तिका लागि आर्ट अफ लिभिङको बर्दियामा पदयात्रा (फोटो फिचर)

भुरीगाउँ (बर्दिया) : समाजमा सुख, शान्ति र खुसी स्थापनाको कामना गर्दै द आर्ट अफ लिभिङले आइतबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा पदयात्रा गरेको छ ।
आर्ट अफ लिभिङ मुख्यालय बैैैग्लोरबाट आएका स्वामी पूर्णतेजको प्रमुख आतिथ्यमा चूरे माध्यमिक विद्यालय बगनाहाबाट सुरु भएको पदयात्रा भुरीगाउँ बजार पुगेर समापन भएको हो । यात्राको क्रममा स्थानीयले स्वामी पूर्णतेजबाट आशिर्वाद ग्रहण गरेका थिए ।

पदयात्रामा आर्ट अफ लिभिङका योग प्रशिक्षक त्रय काव्य लम्साल, माला शर्मा र शैलेन्द्र हमालका साथै नेपालगन्ज र बर्दियाका स्वयंसेवकको सहभागिता रहेको थियो । चुरे मावि परिसर र भुरीगाउँ बजारको गणेश मन्दिरमा अध्यात्मिक ज्ञान र जीवन शैलीबारे स्वामीले प्रवचन दिँदै भजन किर्र्तन पनि गरिएको थियो । यसअघि केही वर्ष अघि बाँकेको नेपालगन्जमा पनि आर्ट अफ लिभिङले पद यात्रा गरेको थियो ।