बाँकेमा सामूहिक बलात्कारको आरोपमा ७ जना पक्राउ

नेपालगन्ज : बाँकेमा सामूहिक बलात्कारको आरोपमा सात जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार राप्तीसोनारीकी एक १६ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा ५ जना र उनीहरुलाई सहयोग गर्ने अन्य २ गरी ७ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–८ का २४ वर्षिय विक्रम भन्ने विक्रान्त थारु, २५ वर्षिय निराजन थारु, २३ वर्षिय राजकुमार थारु, १७ वर्षिय हेमराज थारु र प्रविण थारु रहेका छन । त्यस्तै उक्त घटनामा सहयोग गरेको आरोपमा अन्य २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरी नायव उपरिक्षक न्यौपानेका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउपालिका–८ का हेमराज थारुले राप्तीसोनारी घर भएकी ती किशीरीलाई आफ्नो जन्मदिन मनाउन बोलाएका थिए । शनिवार जन्मदिन मनाउन बढैयाताल पुगेकी किशोरीलाई हेमराज र उनका अन्य ४ जना साथीहरु मिलेर मानखोला पारी बढैयातालको जंगलमा घरेलु मदिरा सेवन गराइ सामूहिक बलात्कार गरेका थिए । ‘त्यहाँ बेलुकी ६ बजेदेखि राति १२ बजेसम्म ४ जनाको समूूहले किशोरीलाई सामूहिक बलात्कार गरेका थिए’ उनले भने ‘पछि बैजनाथस्थित एउटा टिनको टहरामा समेत लगेर सोही समूहका २ जनाले पुन जबरजस्ती करणी गरेको पाइएको छ ।’
उनीहरुले बिहान ३ः३५ बजे अन्य दुई जना साथी बोलाई किशोरीलाई मोटरसाइकलमा पु¥याउन जान लाग्दा इलाका प्रहरी कार्यालय धनौली खजुराले चेकजाँच गर्ने क्रममा बाँकेको खजुरामा किशोरी लठ्ठिएको देखेपछि कार्यालयमा लगेर सोधपुछ गर्दा घटना बाहिर आएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए । सामूहिक बलात्कारमा परेकी किशोरीलाई हाल जिल्लाको एक आश्रयस्थलमा राखिएको छ भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।