राप्ती नदीमा डुबेर २ मलामी युवाको मृत्यु
रमेशकुमार यादव । सिधनिया
बाँकेको राप्ती नदीमा नुहाउने क्रममा डुबेर दुई जना युवाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बनकट्टीका इन्चार्ज सइ देवबहादुर थापाका अनुसार बुधबार मलामी गएको बेला राप्ती नदीमा नुहाउने क्रममा दिउँसो ३ बजे नदीमा डुबेर बेपत्ता भएका हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका ८ घर भइ नेपालगन्ज उपमहानगरपालिका १ मा धम्बोझीमा डेरामा बस्ने १८ वर्षका त्रिवल शाही र र २१ वर्षका लेकराज छन्त्यालको शव बिहीबार बिहान ९ः२४ फेला परेको हो । घटनास्थल नजिकै पानीमा डुबेकै अवस्थामा शव फेला परेको हो । प्रहरीले खोजी कार्य जारी राखेको थियो ।








