कोहलपुरका नगर प्रमुख र उप-प्रमुखलाई नेपाल बैंकको सम्मान

कोहलपुर : नेपाल बैंक लिमिटेड कोहलपुर शाखाले कोहलपुर नगरपालिकाका नर प्रमुख पूर्णप्रसाद आचार्य र उप–मेयर संगीता सुवेदीलाई सम्मान गरेको छ ।
बैंकका शाखाका प्रबन्धक दीपकराज ओलीले बिहीबार नगर प्रमुख आचार्य र उप–प्रमुख सुवेदीलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका हुन् । नगर प्रमुख आचार्यले स्वरोजगार तथा उद्यम सञ्चालन गर्ने कार्यक्रमलाई प्राथमिकता दिएर वित्तीय गतिविधिलाई चलायमान बनाउने प्रतिबद्धता जनाएका थिए । बैंकका प्रबन्धक ओलीले कोहलपुरमा वित्तीय गतिविधिलाई प्रोत्साहन गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।