नेपालगन्जको नापी कार्यालयमा आगलागी

रमेशकुमार यादव । नेपालगन्ज
बाँकेको नेपालगन्ज उपमहानगर पालिका वडा नं १३ मा रहेको नापी शाखा कार्यालयमा आगलागी भएको छ। साँझ ७ बजे नापी कार्यालयको तेस्रो तल्लोमा तारबाट करेन्ट फैलिएको कारण आगलागी भएको हो । स्थानीय तथा वडा प्रहरीको सहयोगमा दमकलबाट राति ८ बजे आगो नियन्त्रण गरिएको छ ।