१५ ग्राम ब्राउन सुगरसहित कैलालीमा २ युवा पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको भजनी नगरपालिका-६ बाट प्रहरीले दुई जना युवालाई १५ ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिका-४ का २६ वर्षीय दिनेश ठकुल्ला र २५ वर्षीय यमराज शाहीलाई सोमबार राति १५ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय भजनीबाट गस्तीमा खटिएको प्रहरी टोलीले दिनेशले चलाएको सुपप्र ०१००१० प ६७२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा लागूऔषध फेला पारेर नियन्त्रणमा लिएको हो ।