बाँकेमा २ सय ८१ जना फरार अभियुक्त पक्राउ

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले दुई सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

चालु आर्थिक बर्ष २०७८/०७९ मा बिभिन्न मुद्धाका २८१ जना फरार प्रतिवादीहरु विभिन्न स्थानवाट पक्राउ परेका हुन ।
पक्राउ परेका अभियुक्तबाट एक सय ३३ वर्ष ११ महिना १४ दिन कैद र ५६ लाख ५३ हजार ८ सय ३५ रुपैया जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।