बाँके खजुराका मामाजी मुख्य खलनायक रहेको फिल्म ‘सिल्ली फो’को प्रदर्शन सुरु

नायिक केकी अधिकारीसँग फिल्ममा खजुराका पूर्णचन्द्र पोखरेल (मामाजी) चलचित्र सिल्ली फोको एक दृश्य । फोेटो : मेरो खुसी

नेपालगन्ज : बाँकेका कलाकार र बाँकेका कलाकारले अभिनय गरेको ‘सिल्ली फो प्रदर्शन सुरु भएको छ । फिल्ममा खजुराका पूर्णचन्द्र पोखरेल (मामाजी) मुख्य खलनायकको भूूमिकामा छन् भने वीरेन्द्र यादव लगायतका कलाकारको अभिनय रहेको छ ।
राजबहादुर साने निर्देशित चलचित्रको केकी अधिकारी, धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बरबहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय छ ।
मनोज डिके निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ सहनिर्माता छन् । चलचित्रमा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको सङ्गीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानको ट्रेलर छ ।