बागेश्वरी मन्दिरमा तीजको रमझम

नेपालगन्ज : पश्चिम नेपालको प्रमुख शक्तिपीठ नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा तीजको अवसरमा निकै रमझम छ । मन्दिर परिसरमा तीजको गीतमा नाच्नुका साथै दैलेखी महिलाहरुले देउडा नाचेका छन् । मन्दिरमा बिहानैदेखि दिनभर महिला र पुरुषको ठूलो संख्यामा भीड लागेको थियो । मन्दिर परिसरका ठाउँठाउँमा ब्रतालु महिलाले पुरोहितबाट पूजापाठ गरेका थिए ।