एकैरातमा साढे ६ लाख रुपैयाँका तस्करीका सामान बरामद

सत्ती भन्सार कार्यालय खक्रौलालाई बुझाइएको तस्करीको सामान । फोटो : मानबहादुर ठकुल्ला

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका–८ बाट प्रहरीले एकैरातमा भन्सार छलेर ल्याउँदै गरेका साढे ६ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
प्रहरी चौकी सत्तीका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर कुमाल नेतृत्वको टोलीले श्रीलंकाबाट मंगलबार राति ११ बजे कपडा सुट २७७ वटा, कुर्ता सुरुवाल ४८ वटा, कारको ब्याट्री २ वटा र मेघा सेभेन लाइट ३ बक्समा ६ थान बरामद गरेको हो । ती सामानको बजारमूल्य ६ लाख ५० हजार रुपैयाँ बराबरको रहेको कुमालले दाबी गरे । बरामद गरिएको सामान थप कारबाहीको लागि सत्ती भन्सार कार्यालय खक्रौलालाई बुझाइएको छ । शसस्त्र प्रहरी बलको श्रीलंका वीओपीको मिलेमतोमा तस्करी भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको गस्ती टोली पुगेको प्रहरी चौकी सत्तीका इन्चार्ज प्रहरी नायव निरीक्षक कुमालले बताए ।