खैरो हेरोइनसहित कैलालीबाट एक युवा पक्राउ

टीकापुर : कैलालीको भजनीबाट ५ ग्राम लागूऔषध खैरोहिरोइनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका ३ कुसुमघाटबाट सोही नगरपालिका १ बस्ने वर्ष २८ को सुगन्ध बस्नेतलाई पक्राउ गरेको हो । निजलाई थप अनुसन्धान र आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय भजनीमा राखिएको छ ।