टीकापुरका नगर प्रमुख थारुले १०० दिनमा यी काम गरे (सूूचीसहित)

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका प्रमुख रामलाल डगौरा थारुले १०० दिनमा आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन् ।
टीकापुर नगर विकास समितिको कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर नगर प्रमुख थारुले आफूले गरेका कामको १७ बुँदे प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
टीकापुर नगरका संस्थापक स्व. खड्गबहादुर सिंहको नाममा खड्ग स्मृति पार्क निर्माण गर्ने, टीकापुरलाई सम्पदा शहरका रुपमा विकास गर्ने, बाहिरी चक्रपथको काम चालु आर्थिक वर्षभित्र सुरु गर्ने र असारे विकासको अन्त्य गरी वैशाख मसान्तभित्र योजना तथा कार्यक्रमहरु सम्पन्न गर्ने नीतिगत निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
दुना टपरीको प्रयोग बढाएर टीकापुर पार्कलाई प्लाष्टिक रहित बनाउन प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने, नगरमा औद्योगिक ग्राम स्थापना सम्भाव्यता अध्ययन तथा जग्गाको सुनिश्चितता गरी लगानी सम्मेलन गरेर बाह्य लगानी भित्र्याइने र उज्यालो कार्यक्रम अन्तर्गत नगरका चोकमा हैलोजन लाइट जडान गर्ने उनले बताए । फोहोरलाई मोहरमा परिणत गर्न विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर फोहोर व्यवस्थापनको काम अघि बढेको, ढल निकास, बजारको सुन्दरतालाई ध्यानमा राखेर हरियाली बगैचा निर्माण, सार्वजनिक शौचालयको व्यवस्थापन ग।िरने भएको छ । टीकापुर अस्पतालमा उपलब्ध गराइँदै आएको बालरोग र स्त्री रोग विशेषज्ञ सेवालाई निरन्तरता लगायतका कामलाई निरन्तरता दिइने उनले बताएका थिए ।