शहीद परिवारद्वारा संविधान दिवसमा द्वीप प्रज्वलन (फोटो फिचर)

हब्रहवा (बाँके) : बाँकेको राप्ती सोनारी गाउँपालिका–६ हब्रहवामा शहीद परिवारले सहीदको स्मरण गर्दै संविधान दिवसको अवसरमा द्वीप प्रज्वलन गरेका छन् ।
नेकपा माओवादी केन्द्र राप्तीसोनारी वडा नं. ६ कमिटीले सोमबार साँझ ६ः३० बजे बाँके सहीद स्मृति पार्क संरक्षण केन्द्र हब्रहवामा आयोजना गरेको संविधान दिवस कार्यक्रममा शहीद तथा बेपत्ता व्यक्तिका परिवारका सदस्यले द्वीप प्रज्वलन गरेका हुन् ।

द्वीप प्रज्वलनको शुभारम्भ सहीद बुद्धिबल पुनमगरकी ७२ वर्षीया आमा पान्सी पुन मगर र शहीदद्वय ओमकुमार थारु र भरतकुमारी थारुका ६८ वर्षीया बुबा श्री थारुले गरेका थिए । सशस्त्र द्वन्द्वको क्रममा जिल्लामै सबैभन्दा बढी शहीद र बेपत्ता राप्ती सोानारीमा ७६ जना भएका थिए ।