बाल सुधार गृहलाई ५५० पुस्तक सहयोग

नेपालगन्ज : बाँकेको जयेन्दु बाल सुधार गृहको पुस्तकालयका लागि पुस्तक अभियान अन्तर्गत दाता बढिरहेका छन् । जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेको नेतृत्वमा सुरु भएको पुस्तक संकलन अभियान अन्तर्गत बुधबार विभिन्न प्रकाशन गृह, बैंक तथा वित्तीय संस्थालगायतले ५५० वटा पुस्तक र ९ वटा पुस्तक राख्ने दराज सहयोग गरेका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, मदन पुरस्कार गुठी र जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेको पहलमा एक÷एक सय गरी तीन सय पुस्तक हस्तान्तरण गरेका थिए । त्यस्तै सेन्चुरी कमर्सियल बैंकले ५० पुस्तक र ७ थान दराज र माछापुच्छे« बैंकले ५० पुस्तक र २ थान दराज सहयोग गरेका थिए । माछापुच्छे« पुस्तक भण्डार, काठमाडौंको नीमा पुस्तक पब्लिकेशन र एभरेष्ट पुस्तक भण्डारले ५०÷५० वटा पुस्तक उपलब्ध गराएका थिए । अभियन्ता पाण्डेले पुस्तक सहयोग अभियान जारी रहेको बताए ।