दशैं-२०७९ टीकाको शुभ साइत ११:५१ बजे

बगनाहा (बर्दिया) : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बडा दशैं-२०७९ को टीका लगाउने शुभसाइत बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले एक सूचना प्रकाशित गरी बिहान १०ः३४ मा देवी विसर्जन र बिहान ११ः५१ बजे पूर्व मोहडामा बसेर टीका लगाउने उत्तम साइत रहेको बताएका छन् । दिनभर नै टिका ग्रहणको लागि उपयुक्त समय रहेको समितिले जनाएको छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको नौ दिनसम्म पूजा आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ।