जनमत ५४ औं रक्तदान श्रृङ्खला : ५ महिलासहित ५६ जनाद्वारा रक्तदान

पवन जायसवाल । नेपालगन्ज
जनमत अर्द्धसाप्ताहिक नेपालगन्जको त्रैैमासिक रुपमा हुने नियमित रक्तदान कार्यक्रमको ५४औं श्रृङ्खलामा ५६ जनाले रक्तदान गरेका छन् ।
जनमतले नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्य समितिको समन्वयमा मंगलबार नेपालगन्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ पुरुष र ५ महिला गरी ५६ जनाले रक्तदान गरेका हुन् । पत्रकार, व्यवसायी, शिक्षक, नेपाली सेना, सशस्त्र प्रहरी, विद्यार्थी, स्वास्थ्यकर्मी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेहरुमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके उपाध्यक्षका मनबहादुर केसी (निशान), अन्नपूर्ण पोष्ट दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत निरञ्जना मल्ल, सुश्री स्वेता विष्ट, नियमित रक्तदाताहरु नीरजमान श्रेष्ठ, लक्ष्मण कुमार वैश्य, पवनकुमार वैश्य, रक्तदाता समाजका कोषाध्यक्ष मनमोहन वर्माले रक्तदान गरेका थिए ।
त्यसैगरी पार्वती थापा, दिनेशकुमार तमोली, अरुण बज्राचार्य, दीपक चौधरी, बानेश्वर थारु, अर्जुनप्रसाद चौधरी, सागर बिष्ट, कृष्ण चन्द खत्री, दीपक नेपाली, प्रदीप बस्नेत, शरस केसी, तिलक रोकामगर, राम सुहावन सोनकर, मनबहादुर बस्नेत, कमल कठायत, पूजा केसी, रुसतम अली दर्जी, उदयप्रसाद उपाध्याय, उमा भाट, कृष्ण अर्याल, शिवकुमार गिरी, सरोजकुमार चौधरी, अपेक्षा श्रेष्ठ, गणेश खडका, तिलक पुन, रविन्द्र चौधरी, निराजन चौधरी, विष्णु वर्मा, अनिल चौधरी थारु, दीपक चौधरी, अनिला चौधरी, लच्छीराम चौधरी, गोविन्द नाउँ, दिपेन्द्र नाउँ, दिपेन्द्र चौधरी, रामदयाल चौधरी, नन्नकुअली बेहना, अँगनु नाउँ, जयशंकर थारु, नमित चौधरी, कृष्ण डिसी, सल्मान अन्सारी, रिसभ वैश्य र सन्तोष चौधरीले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा समाजका उपाध्यक्ष मनबहादुर केसी (निशान) खत्री र जनमत अर्द्धसाप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेले नेपाल रेडक्रस बाँके शाखाको प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिल थापा मगरलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।

कार्यक्रममा पिस नेपाल डटकम नेपालका प्रबन्ध निर्देशक प्रज्वल चुके, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सुनिल थापा मगर, सोमप्रसाद सापकोटा, होमराज गिरी, महेश राना क्षेत्री, पिमा डाँगी, सजिना कार्की, सञ्जय बढही, सुनिता थापा, केशर सिंह डाँगी, बैकुण्ठ रेग्मी, समीक्षा रोकायाले प्राविधिकमा र अन्यमा आकाश जायसवालले रक्तदान कार्यक्रमा सहयोग गरेका थिए । जनमतको रजत वर्ष -२०६३ वैशाखदेखि ‘रक्तदान जीवनदान’ को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’को ५४ औं श्रृङ्खलासम्म तीन हजार पिन्टसम्म स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेको जनमतका सम्पादक पूर्णलाल चुकेले जानकारी दिए ।