तिहारमा देउसी रमझम, रमाए पर्यटक

वनवीरपुर (बर्दिया) : हिन्दु धर्मालम्बीहरूले दोस्रो ठूलो पर्व तिहारमा देउसी/भैलोको रमझम उत्तिकै हुन्छ ।

बिहीबार बर्दियाको ठाकुरद्वारा नगरपालिका-५ वनवीरपुर गाउँमा विदेशी पर्यटक पनि देउसी/भैलो टोलीसँगै मादल बजाएर नाचेका थिए । लक्ष्मीपूजाको दिनदेखि सुरू गरेर भाइटीका लगाएर अन्तिम दिन रातभरी देउसी खेल्ने चलन छ ।