बागेश्वरी मन्दिरमा छठको रौनक (फोटो फिचर)

नेपालगन्ज : कोरोना कहरपछि शक्तिपीठ बागेश्वरी मन्दिर नेपालगन्जमा छठ पर्वको रौनकता देखिएको छ ।
अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार बागेश्वरी मन्दिरको तलाउ किनारमा हजारौंको संख्यामा ब्रतालुहरु सहभागी भएका थिए । छठमा बागेश्वरी मन्दिरको पूर्वमा रहेको पार्क, जुंगे महादेवको मन्दिर लगायत बागेश्वरी मन्दिर परिसरमा लाइट, ध्वजा पताकाले झकिझकाउ बनाइएको छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ ।