लाल किल्लामा राठौर र माओवादी किल्लामा ढकालको कब्जा
नेपालगन्ज : प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलका गढ र किल्ला बन्ने र भत्किएका छन् ।
बाँके क्षेत्र नं. २ लाई कांग्रेसी गढ भनिन्थ्यो । राप्रपाका महामन्त्री डा.धवल शम्शेर राणाले कब्जा जमाए । बाँकेको २ गुमाएको कांग्रेसका किशोरसिंह राठौंरले वाम लाल किल्ला बाँके क्षेत्र नं. ३ मा कब्जा जमाएर कांग्रेसी झन्डा फहराएका छन् । कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठा्रैंरले एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपतिलाई ४ हजार ७९३ मतान्तरले जितेका हुन् । राठौरको २९ हजार ४० र कक्षपतिले २४ हजार २४७ मत ल्याएका छन् । तेस्रो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्र शुक्लाले ७ हजार ४३९ मत ल्याएका छन् ।
बाँके ३ मा किल्ला भत्किएको एमालेले पनि केही निर्वाचन यता कब्जा जमाउँदै गरेको माओवादी केन्द्रको गढ भत्काएको छ । एमालेका सूर्य ढकालले नेपाल सरकारका बहालवाला खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकलाई पाँच हजार ३९४ मतान्तरले पराजित गरे । ढकालले २५ हजार २६ र अथकले १९ हजार ६३२ मत ल्याएका छन् । तेस्रोमा नागरिक उन्मिुक्ति पार्टीका सुरेशकुमार चौधरीले १४ हजार ४६५ मत ल्याएका छन् ।