कैलालीमा हँसिया प्रहार गरी सालाको हत्या !

सालाको हत्या गरी फरार भएका भनिएका अभियुक्त गौरीलाल ढुङ्गाना

मानबहादुर ठकुल्ला । भजनी
कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार जोशीपुर गाउँपालिका ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले हँसिया प्रहार गरेर हत्या गरेको अभियोग लागेको छ । अर्का साला ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरिएको छ। मंगलबार राति करिब ९ बजे भएको घटनापछि आरोपित ढुङ्गाना फरार छन्। उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।