बर्दियाको भुरीगाउँमा १०५ जनाले गरे रक्तदान
भुरिगाउँ : बर्दियाको ठाकुरबाबा नगरमा १०५ जनाले रक्तदान गरेका छन् ।
ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिले मंगलबार आयोजना गरिएको सातौं बृहत रक्तदान शिविरको नगर प्रमुख तिलकराम लम्साल, उप–प्रमुख बीना भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेमप्रसाद लम्सालले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक, होमराज गिरी, राजेन्द्र महतरा, समीक्षा खडकालाई हस्तान्तरण गरी शुभारम्भ गरेका हुन् ।
नगर प्रमुख तिलकराम लम्साल, उप–प्रमख बीना भट्टराई, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेमप्रसाद लम्सालले ६२ औं पटक, वडा नं. १ का वडाध्यक्ष निमराज खनाल, वडा नं. १ का पूर्व वडाध्यक्ष श्यामलाल थारु, शिवप्रसाद पंगेनी, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा सभापति यज्ञप्रसाद नेपाललगायतले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका होमराज गिरी, राजेन्द्र महतरा, सन्दिप आचार्य, महेश राना क्षेत्री, केशर सिंह डाँगी, समीक्षा खडका, वीरेन्द्र योगीलगायतले प्राविधिकमा अन्यमा थारु समुदाय विकास मञ्च भुरीगाउँका आराधना चौधरी भण्डारी र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवालको सहयोग रहेको थियो ।









