कपिलवस्तुमा थप १० मा कोरोना, जिल्लामा कूल संक्रमित १५

नेपालगन्ज : प्रदेश ५ को कपिलवस्तु जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार सोमबार कपिलवस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ मा १८, १९, २०, २४, ३०, ३१, ३४ वर्षका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि कपिलवस्तुमा ५ जनामा कोरोना संक्रमण पाइएको थियो । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या १५ पुगेको छ । देशभरी सोमबार बिहान ८ः३० सम्म एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ३३ जना निको भएर घर फर्किसकेका छन् ।