उत्सवमय बन्यो बागेश्वरीको तेस्रो महाआरती (फोटो फिचर)

नेपालगन्ज : बागेश्वरी मन्दिरको तेस्रो महाआरती उत्सवमय बनेको छ ।
नाट्टा बाँकेले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्य तथा विभिन्न संघसंस्थाको सहयोगमा आयोजना गर्दै आएको साप्ताहिक महाआरतीको सोमबारको तेस्रो श्रृंखलामा पनि सयौंको संख्याा स्वःस्फूर्त रुपमा भक्तजनको सहभागिता भएको थियो । यसपटक सबै भक्तजनलाई भुइँमा नै बस्ने व्यवस्था गरिएको थियो । गुल्मेली समाजको भजनले भक्तजनलाई नाँच्न बाध्य बनाएको थियो । आरती सकिएपछि पनि भजन किर्तन भने जारी रहेको थियो ।