नेपालगन्जमा ‘नेपाल फोटोग्राफी समिट’ हुँदै

नेपालगन्ज : आगामी चैतको पहिलो साता नेपालगन्जमा नेपाल फोटोग्राफी समिट गरिने भएको छ ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस समिटमा देशभरबाट १११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी गराउने लक्ष्य छ ।
‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोशेढुंगा सावित हुनेछ’ समिटका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने ‘समिटमा फोटोग्राफीमा सक्रिय नयाँ पुस्तादेखि अग्रज व्यक्तित्वहरुको अभूतपूर्व जमघट हुनेछ ।’
तेस्रो नेपालगंज फोटो फेस्टिवलको सन्दर्भ पारेर आयोजना गर्न लागिएको फोटोग्राफी समिट सम्भवत नेपालमै पहिलो पटक हुुन लागेको हो ।
विभिन्न विधामा स्वतन्त्र ढंगले फोटोग्राफी गरिरहनु फोटोग्राफरहरु र सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरु एकैथलोमा भेला भएर अन्तरक्रिया गर्नेछन् ।
‘रिल वाला’ क्यामेरादेखि, डिजिटल प्रविधिका विभिन्न क्यामेरा, गोप्रोदेखि ड्रोन चलाइरहेको पुस्ताको एकै ठाँउको जमघटले देशव्यापी सन्देश दिने विश्वास गरिएको छ ।
समिटका अवसरमा अन्तरक्रिया, समूह छलफलहरु, फोटोग्राफीका चुनौतीहरुवारे कार्यपत्र प्रस्तुति, अनुभव सेयरिङ्ग, धार्मिक र पर्यटकीय स्थल भ्रमण र फोटोग्राफी लगायतका कार्यक्रमहरु आयोजना हुनेछन् । जसले गर्दा यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
समिटमा ११ जना अग्रज फोटो पत्रकार ÷ फोटोग्राफरहरु विशेष अतिथिको रुपमा सहभागी हुनेछन् भने देशका विभिन्न स्थानबाट ५० जना सहभागी हुन पाउनेछन् जसकालागि नाम रजिस्ट्रेशन गर्नुपर्नेछ । यसैगरी ५० जना स्थानीय (प्रशिक्षार्थी) सहभागी हुनेछन् ।
‘नेपाल फोटोग्राफी समिट नेपालको जुनसुकै कुनामा रहेर फोटोग्राफी गरेका व्यक्तित्वहरुको साझा फोरम बन्नेछ’ अन्तरालका जयनारायण शाहले भने – ुसमिटले अनुभवको आदानप्रदान मात्रै गर्ने छैन, आपसी भाइचारा समेत अभिवृद्धि गर्नेछ ।’