नेपालगन्जमा कक्षा ८ को परीक्षा सुरु

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा आइतबारदेखि आधारभूत तह कक्षा ८ को परीक्षा सुरु भएको छ । नगरका १२ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित परीक्षामा २ हजार ७२५ परीक्षार्थी सहभागी छन् ।
नगरका २५ सामुदायिक र ५३ संस्थागत गरी ७८ विद्यालय सहभागी परीक्षा चैत १३ गतेसम्म सञ्चालन हुने शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा पहिलो दिन अंग्रेजी विषयको परीक्षा थियो । नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, महाशाखा प्रमुख थापा, शिक्षा समिति सम्बद्ध लगायतले केन्द्रहरुमा पुगेर परीक्षाको अनुगमन गरेका थिए । २०७४ सालदेखि स्थानीय तहबाट आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन गर्न थालिएको हो ।