टीकापुरबाट १५ जना जुवाडे पक्राउ

टीकापुर : कैलालीको टीकापुरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी उद्बवसिह भाटका अनुसार बुधबार दिउँसो २ः५० बजे टीकापुर-१ ब्लक नं. ५ स्थित न्यु ब्रान्च होटलको तेस्रो तला र त्यहीको स्थानीयको घरमा जुवा खेलिरहेको अवस्थामा एक लाख उन्नचालिस हजार २९० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो ।