ठाकुरबाबा र गुलरियामा बालमैत्री शिक्षण सिकाइ सुरु

गुलरिया : बर्दियाको ठाकुरबाबा र गुलरिया नगरपालिकामा बालमैत्री शिक्षण सिकाइ सुरु भएको छ ।
प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारीमा सञ्चालित सिकाइ परियोजनाले गुलरिया र ठाकुरबाबाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा शिक्षण सिकाइ सुरु गरिएको हो ।
शिक्षक निर्देशिका, पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका बिषयबस्तुसँग मिल्ने र बालमैत्री पठन सामग्री निर्माण गर्ने, छापामय कक्षा कोठा व्यवस्थापन गराउन, लैगिंक मैत्री तथा बाल मैत्री शैक्षिक सामाग्री निमार्णका गर्न शिक्षकहरुका लागि प्रारम्भिक सिकाइ पढा सन्दर्भ सामग्री निमार्ण र प्रयोग सम्बन्धी तालिम गुलरिया नगरपालीका तथा ठाकुरबाबा नगरपालिकामा सुरु गरिएको हो ।

परियोजना अन्तर्गत गुलरिया नगरपालिकामा ७ र ठाकुरबाबा नगरपालीकामा १२ गरी जम्मा १९ वटा विद्यालयमा सिकाइ परियोजना मार्फत बालिकाको विद्यालयमा पहुच तथा बालबालीकाहरुको शैक्षिक गुणस्तिर बृद्धिका लागी परियोजना मार्फत विभिन्न क्रियाकलाप सञ्चालन गरेको परियोजना अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।
तालिममा राष्ट्रिय सेतोगुँरासका सहजकर्ता झल कार्की र राधा मल्लले सहजीरकण गरिरहेका छन् । परियोजना लागू भएका ठाकुरबाबा नगरपालिकाका सामुदायिक विद्यालयमा १५ जना र गुलरिया नगरपालिकाका २२ जना कक्षा शिक्षकहरुको सहभागिता रहेको छ । तालिम गत वैशाख २ गतेदेखि सुरु भएर ५ गतेसम्म सञ्चालन हुने तालिममा ठाकुरबाबा तथा गुलरिया नगरपालिकाका विभिन्न वडाका बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मका कक्षा शिक्षकहरुलाई लक्षित गरि उक्त तालिम सञ्चालन गरिएको हो ।