एक महिने रोजापछि मुस्लिम समुदायद्वारा सामुहिक नमाज

File photo

नेपालगन्ज : एक महिने रोजा सकिएपछि इस्लाम धर्मावलम्वीहरुले शनिबार बिहान बाँके लगायत देशभरका मस्जिद र इदगाहमा सामुहिक नमाज पढ्दै इद (इद उल फित्र) मनाएका छन् । नेपालगन्जको वीपी चोकस्थित इदगाह र जिल्लाका विभिन्न मस्जिदहरुमा ठूलो संंख्यामा मुस्लिम समुदाय सामुहिक नमाज पढ्न भेला भएका थिए ।
इदको नमाज पढेपछि शुभकामना आदान प्रदान गर्दै इद सुरु भएको हो । खुसी साट्ने पर्वको रुपमा इद तीन दिनसम्म मनाइन्छ । एक महिनासम्म रोजा बसेपछि इदको दिनमा खुसियाली साट्ने, आफन्तलाई बोलाएर भोजन गराउने, दान गर्ने प्रचलन छ ।