विद्यार्थी भर्ना अभियानमा सिकाइ परियोजनाको साथ
गुलरिया (बर्दिया) : सामुदायिक विद्यालयको भर्ना अभियानमा सामाजिक संघसंस्थाले पनि साथ दिएका छन् ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा तथा सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेले सञ्चालन गरेको सिकाइ परियोजनाले बाँके र बर्दियाका विद्यालयको भर्ना अभियानमा साथ दिएको हो । बर्दियाका ६ स्थानीय तह र बाँकेको खजुरा गाउँपालिकाको समन्वयमा परियोजना सञ्चालन भएका ३० वटा विद्यालयका आफ्नो सेवा क्षेत्रभित्र विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक बालबालिकाहरुको संयुक्त टोल निर्माण गरि बालबालिकाको लगत संकलन, तिनीहरू विद्यालय बाहिर रहनुको कारण एवं समस्या पहिचान, विद्यालय भर्नाका लागि घरदैलो, सडक नाटक प्रदर्शन जस्ता क्रियाकलापमा सञ्चालन गरिएको छ ।
स्थानीय तहमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थालाई विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्न शिक्षा मन्त्रालयले आग्रह गरे बमोजिम भर्ना अभियानका क्रममा बिधालय बाहिर रहेका बालबालिकाहरुको पहिचान गरेर उनीहरुलाई समुदायको नजिक रहेका विद्यालयमा भर्ना गर्न र टिकाइ राख्नका परियोजना प्रमुख लक्ष्मीप्रसाद शर्माले जानकारी दिए । शैक्षिक शत्र २०८० विद्यार्थी भर्ना अभियानको नारा समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान तय गरिएको छ ।