डब्लुडब्लुजे लुम्बिनी प्रदेश अध्यक्षमा लीला शाह
नेपालगन्ज : क्रियाशील पत्रकार महिला (डब्लुडब्लजे) लुम्बिनी प्रदेश समितिको अध्यक्षमा दाङकी लीला निर्वाचित भएकी छन् ।
डब्लुडब्लजे प्रदेश समितिको शनिबार बुटवलमा सम्पन्न प्रथम भेलाले दाङको रेडियो हाइवेमा कार्यरत शाहको नेतृत्वमा ९ सदस्यीय प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरेको हो । उपाध्यक्षमा भगवती पाण्डे रुपन्देही (लुम्बिनी टेलिभिजन/सेतोपाटी अनलाइन), महासचिव गंगा खड्का गुल्मी (अन्नपूर्ण पोष्ट दैनिक/आजको पोष्ट डटकम बुटवल) र कोषाध्यक्ष सावित्री गिरी बाँके (गोरखापत्र दैनिक) चयन भएका छन् । त्यसैैगरी सदस्यहरुमा कल्पना तिवारी बुटवल (रेडियो मुक्ति), रोशनी मल्ल दाङ (पहल सञ्चार)), गीता पौडेल कपिलवस्तु (रेडियो भ्वाइस), सृजना भट्टराई (बुटवल एफएम) र मालती न्यौपाने (रेडियो परासी) चयन भएका छन् । प्रदेश समितिको सल्लाहकारमा डब्लुडब्लुजे बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल र दाङका संस्थापक अध्यक्ष बसुन्धरा गौतमलाई मनोनित गरिएको छ ।